福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2020.11.05[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【रित्तोउ” को परिचय】
आजको कार्यक्रममा, निज्युउ सिसेक्की भन्ने कोयोमीको एउटा, “रित्तोउ” को परिचय दिनेछुI रित्तोउ भन्नाले, “हिउँदको शुरुवात” होI
यो दिन, हरेक वर्ष, नोभेम्बर ७ या त ८ तारिक तिर पर्छ भने, यो वर्ष चाहिं, नोभेम्बर ७ शनिबारमा परेको छI
चिसो उत्तरी हावा चल्न शुरु भई, अबबाट हिउँदको जस्तै जाडो भएर आउँछ भन्ने, क्यालेन्डरमा हिउँद ऋतुको यो एक किसिमको सन्देश पनि होI
साथै, आगो प्रयोग गर्न शुरू गर्ने समय भएकोले, मन्दिरहरुमा चिन्कासाई आयोजना गरिन्छ।
फुकुओका शहरमा, निशी वार्डको "आटागो जिन्ज्या", आगो निभाउने र आगो रोकथामको देवताको रूपमा प्रख्यात छI यस वर्ष, नोभेम्बर १ मा चिन्कासाई आयोजना सम्पन्न भयो।
फुकुओकामा आगलागी रोक्नको लागि आयोजित गरिने, यो परम्परादेखि चलिआएको रितिरिवाज होI
घरमा पनि आगोबाट सावधान रहनुहोस्। आगो चलाउँदा ध्यान दिनुहोस्।
अनि, पूर्ण रुपमा हिउँद आउनु अघि नै, पक्कै पनि हिउँदको लागि तयार गरि राखौंI
【जापानी बगैचा・शरद पात】
फुकुओका शहरमा धेरै जापानी बगैंचाहरु छन्।
युउसेन्तेइ कोउयेन, स्योउफुउयेन, राकुसुइयेन, ओहोरी कोउयेन र निहोन्तेइयेन, जस्ता जापानी बगैंचाहरु शहरको केन्द्रमा भएकाले सजिलै जान सक्नुहुन्छ।
जापानी बगैचामा, सीमित स्थानमा पनि चारै ऋतुहरुको दृश्यको आनन्द लिन सक्नुहुन्छ।
शुल्क तिरेर माच्च्याको स्वाद लिने सुबिधाको साथै, यस ऋतुमा,बगैंचा हेरी आनन्दमय समय बिताउने र रुखहरुका रंगिन पातहरुको मनोरञ्जन लिने अत्यन्तै राम्रो मौसम होI
फुकुओका शहरमा, शरद पातको अवलोकनका लागि अरु पनि लोकप्रिय धेरै ठाउँहरु छन्।
फुकुओका सिटि म्युजियमको वरिपरि, आबुरायामा नागरिक वन, मोमीजी हाचीमान्गुउ आदि, नोभेम्बरदेखि डिसेम्बरतिर शरद पातको अवलोकनका लागि उत्तम समय होI
कोरोना भाइरस संक्रमणको बिरूद्ध कदम चाल्न नबिर्सीकन, फुकुओकाको शरद ऋतुको आनन्द लिनुहोला।
【Go To Eat Campaign】
आजकल बाहिर खाने सम्भावना अलि अलि गरि बढेर आएको जस्तो लाग्छ, तापनि सबथोक कोरोना भाइरस संक्रमणको बिरूद्ध कदम चालेर मात्र आनन्द लिने गरौँ।
बाहिर खान जाँदा, "संक्रमण रोकथाम प्रमाणित स्टीकर" टाँसिएको छ छैन हेरी पसल छनौट गर्ने, गाईडको रूपमा प्रयोग गर्नु राम्रो उपाय हुन सक्छ।
"संक्रमण रोकथाम प्रमाणित स्टीकर" भन्नाले, कोरोना भाइरस संक्रमणको रोकथामका उपायहरू लागू गर्दै आएको पसल वा सेवालाई दर्शाउने स्टिकर हो।
यसका साथै, अक्टुबरदेखि शुरु भएको "Go to Eat Campaign" प्रयोग गरेर विशेष छुट मूल्यमा बाहिर खान सक्नुहुन्छ!
प्रयोग गर्ने तरिका र तोकिएका पसलहरुको बारेमा जान्न, कृपया ईन्टरनेटमा, "Go to Eat Campaign" टाईप गरि खोज्नु होलाI
2020.10.08[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【भोक लाग्ने शरद ऋतु】
अब, अक्टुबरको मध्यमा, धानको फसल समाप्त भई, शरदका तरकारीहरूको फसल हुने शुरु भएको छ। यस समयमा तातो खाना खान पनि मन परेर आउँछ।
अन्न, चामल र सखरखंड लगायत बिभिन्न थरिका फलफूलहरू जस्तै, नाशपाती, अंगुर र चेस्टनट जस्ता, शरद मौसममा पाईने धेरै खानेकुरा छन्। जापानको चार मुख्य ऋतुहरुमध्ये, यो शरद ऋतु एउटा रमणीय मौसम हो।
के तपाईंलाई थाहा छ, जापानमा शरद ऋतुलाई “स्योकुयोकु नो आकी”(しょくよくのあき) अर्थात् "भोक लाग्ने शरद ऋतु" पनि भनिन्छ।
किन हामीलाई शरद ऋतुमा बेसी भोक लाग्छ त?
भनिन्छ कि, गर्मीको कारण हराएको भोक पुर्न जागेर आउने र त्यस्तै बजारमा पनि धेरै स्वादिष्ट मौसमी खानेकुराहरु पाईने भएकोले शरदमा धेरै भोक लाग्छ, तर हालसालैको वैज्ञानिक अध्यन अनुसार, Basal Metabolic Rate अर्थात् शरीरलाई आराम अवस्थामा आवश्यक क्यालोरीको मात्रामा वृद्धि हुनु यसको प्रमुख कारण मानिन्छ।
जापानमा शरद मौसमको तरकारीहरुमा मुख्यतयाः, आलु, गाजर, शिईताके, गोबोउ, र सखरखंड हुन्। यस पालीको शरद ऋतुमा, यी तरकारीहरु प्रयोग गरेर, तात्-तातो परिकार बनाएर खाएर हेरौं न है।
【घुमघामको जानकारी [Uminonakamichi Seaside Park मा फूल महोत्सव(९/१९~११/३)]】
आज, मैले शरद छुट्टीको लागि रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।
हाल, फुकुओका शहरको हिगाशी वार्डमा रहेको "Uminonakamichi Seaside Park" मा, नोभेम्बर ३ मंगलबारसम्म, “Uminaka Hana Matsuri 2020" अर्थात् फूल महोत्सव आयोजना भईरहेको छ।
यस शरद ऋतुमा, पातहरू चम्किलो रातो हुने, कोकिआ फूल, एकदमै आकर्षक देखिन्छ। तपाईंले यहाँ लगभग २०,००० जतिको कोकिआ फूलको विशाल बगैचा हेर्न सक्नुहुन्छ।
यस अतिरिक्त, शरद ऋतुका फूलहरू जस्तै Cock's comb र Cosmos फूलहरुको आनन्द लिनुका साथै,
विशेष गरी सप्ताहन्तमा, स-परिवार रमाइलो गर्न सकिने विभिन्न कार्यक्रमहरू पनि आयोजना भईरहेको छ।
साथै, अक्टोबर १७ देखि नोभेम्बर १ सम्मको शनिबारमा, “Uminaka Asian Festival" पनि आयोजना भईरहेको छ।
थप जानकारीको लागि, https://uminaka-park.jp/ मा हेर्नुहोला।
अक्टोबर १८ आईतबार, पार्कभित्र प्रवेश निशुल्क रहेको छ।
घरबाट बाहिर निस्कनु हुँदा, नयाँ कोरोना भाइरस संक्रमणको प्रसार रोक्न; मास्क लगाउने, खोक्दा शिष्टाचारपूर्वक खोक्ने, आदि नयाँ जीवनशैली मनमा राख्दै, रमाईलो गर्नुहोला।
2020.09.17[Thu] 09:00
जापानी भाषा(日本語) , नियम तथा आचरण(ルール・マナー) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【बृद्ध सम्मान दिवस】
जापानमा सेप्टेम्बरको तेस्रो सोमबार “बृद्ध सम्मान दिवस” हो।
लामो आयु बाच्नु भएका समाजका बृद्धहरुलाई सम्मान गरि, उहाँहरुको दीर्घायु मनाउने बिदाको दिनको रुपमा रहेको छ।
यो वर्ष, यो दिवस सेप्टेम्बर २१ सोमबारमा परेको छI
सामान्यतया यो दिन, हजुरबुबा हजुरआमासँग खाना खाने, यात्रा गर्ने गरिन्छ, तर यो वर्ष कोरोनाको प्रभावले गर्दा, अनलाइन मार्फत् मनाउने लोकप्रिय हुन सक्छ।
यस अतिरिक्त, दिन फरक भए पनि, परिवारका सदस्यहरू र चिनेका बृद्धहरुलाई सम्मान र राम्रो स्वास्थ्यको कामना गर्ने दिनको रूपमा, जापान मात्र नभई अमेरिका, क्यानाडा, चीन, र दक्षिण कोरिया जस्ता देशहरूमा पनि मनाईन्छI
【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】
साइकल बीमाको बारेमा
यो साइकल चलाउनेहरूको लागि सूचना हो।
फुकुओका शहरले नियम संशोधित गरि, २०२० अक्टोबर १ देखि, फुकुओका शहरमा साइकल चालकहरूले साइकल बीमामा अनिवार्य सामेल हुनु पर्ने गरिएको छ।
काम, स्कूल वा किनमेल आदिमा जाँदा साइकल चलाउनेहरु, कम्पनीको काममा साइकल चलाउने व्यक्तिहरु वा साइकल भाँडामा लिने कम्पनिको व्यक्तिहरुले अवश्य पनि बीमामा सामेल हुनहोस्।
बच्चाले साइकल चलाउँदा, बुबा वा आमा जस्ता अभिभावकसँगै जाने गर्नुहोस्।
साइकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने हुन्छ।
तर, यदि तपाईंसँग साइकल बीमा छ भने, उदाहरणका लागि, तपाईं साइकल चलाउँदै गर्दा, यदि कसैलाई चोटपटक लाग्न गएमा, तपाईंको पक्षबाट औषधि उपचारको लागि भुक्तानी गरिनेछ।
साइकल चलाउने व्यक्तिहरुले, हुन सक्ने दुर्घटनाको क्षतिपुर्तीबाट बच्न, साइकल बीमा लिनु पर्छ।
अवश्य पनि, हामी सबैले ट्राफिक नियमहरूको पालना गर्ने गरौँ!
"फुकुओका केन्तेइ" अर्थात् "फुकुओका टेस्ट" को बारेमा
तपाईंहरुलाई फुकुओकाको बारेमा कत्तिको जानकारी छ होला?
जस्तै "फुकुओका र हाकाता बीच के भिन्नता छ?" त्यस्तै "बारिखाटा भनेको के हो?"
फुकुओका शहरमा, फुकुओकालाई अझ व्यापक र गहिरो रुपमा जान्ने "फुकुओका डोरी" को संख्या बढाउनको लागि, फुकुओका केन्तेइ अर्थात् "फुकुओका टेस्ट" लिंदैछौँI
यदि तपाईंले "फुकुओका टेस्ट" पास गर्नुभयो भने, तपाईंले पर्यटक सुविधाहरूमा छुट पाउन सक्नुहुन्छ जस्तै बिभिन्न संग्रहालयहरू, साथै नि: शुल्क उपहार पनि पाउन सक्नु हुनेछI
"फुकुओका टेस्ट" को होमपेजमा, परीक्षाको बारेमा जानकारीको अतिरिक्त, फुकुओकाको ईतिहास र संस्कृति एक खेल जस्तै अध्ययन गर्ने, फुकुओकाको आकर्षण प्रस्तुत गर्ने भिडियो हेर्ने र रमाईलो गर्दै फुकुओकाको बारेमा जानकारी लिन सक्नुहुन्छI
अझै तपाईंलाई थाहा नभएको फुकुओकाको धेरै आकर्षणहरू छन्!
कृपया होमपेज हेर्नुहोला र फुकुओका-डोरी बन्नु होला।
होमपेज रहेको छ, fukuokakentei.com
त्यस्तै, बारिखाटा भनेको हाकाता रामेनको चाउचाउ हो,यो उमालेको हुन्छ!
यावा, खाटा, बारिखाटा, हारिगाने आदि, तपाईलाई मन पर्ने उमालिएको चाउचाउको कडापन अनुसार मगाउने शब्दहरु हुन्I
बारिखाटा सामान्य चाउचाउ भन्दा कडा हुन्छ।
के तपाईंलाई यो थाहा थियो?
2020.09.10[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【९/९ प्राथमिक उपचार दिन】
हिजो सेप्टेम्बर ९ "प्राथमिक उपचार दिन" थियोI
"क्यू (९) क्यू (९)" शब्दावलीबाट, १९८२ मा जापान स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको स्थापना भएको थियोI सरल शब्दमा भन्ने हो भने, यो दिन आपतकालिन जान्नको लागि हो!
क्यूक्यू भन्नाले, अचानक केही गाह्रो आई पर्दा बचाउनु होI
विशेष गरी, अचानक बिरामी वा घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार प्रदान गर्नु हो।
एम्बुलेन्स वा दमकल बोलाउन फोन गर्दा, आपतकालिन फोन नम्बर, ११९ होI
यदि अचानक बिरामी वा चोटपटक, दुर्घटना वा आपतकालिनमा मद्दत चाहिएमा, हामीलाई कल गर्न नहिचकिचाउनुहोस्।
११९ फोन नम्बरमा १८ वटा भाषाहरुको सुबिधा रहेको छI
【घुमघामको जानकारी】
आज, मैले रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।
के तपाईं कहिल्यै फुकुओका शहरको चिडियाघर र वनस्पति उद्यानमा जानु भएको छ?
फुकुओका शहरको च्युओकुमा अवस्थित, यस स्थलमा धेरै जनावर र बोटबिरुवासँग अन्तरक्रिया गर्न सक्नुहुन्छ।
तेन्जिनबाट बस वा सबवेबाट जान सक्नुहुन्छ तर, बाटोमा हिड्न नपर्ने गरि, सबवे “याकुइन ओडोरी स्टेशन (स्योकुबुचुएन् एक्जिट)” बाट, हिडेर जान राम्रो होलाI
टिकट शुल्क, वयस्कहरूको लागि ६०० येन, हाईस्कूलका विद्यार्थीहरू लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो।
इच्छुक महानुभावहरुले कृपया आधिकारिक वेबसाइट हेर्नुहोस्।
वेबसाइट रहेको छ, https://zoo.city.fukuoka.lg.jp/
यस वर्ष जन्मेको जिराफ र कंगारुको बच्चाहरू पनि स्वस्थ भई हुर्किंदै छन्।
अवश्य हेर्न जानुहोलाI
यस अतिरिक्त, नयाँ कोरोनाभाइरस संक्रमण हुनबाट रोक्न उपायको रूपमा, प्रवेश द्वारमा ह्यान्ड स्यानीटाइजरको व्यवस्था गरिनुका साथै, सामाजिक दूरी र नियमित हात धुने सुझावहरू कागजमा पोष्ट गर्ने र पार्कमा कार्यन्वयनका लागि प्रचार गरिंदै आईरहेकोछI
हामी सबैजना बाहिर जाँदा, मास्क लगाउनुका साथै रोगको संक्रमणबाट बच्न आवश्यक तरिकाहरु अपनाउने गरौँI
2020.07.16[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【गर्मीको योजना】
आजकल गर्मी एकदम बढीरहेको छ । तपाईंहरु यस वर्षको गर्मीमा के गर्ने सोच्दै हुनुहुन्छ होला? तपाईंमध्ये कतिपयले वजन घटाउने भनेर योजना बनाउनु भएको होला वा गर्दै पनि हुनुहुन्छ होलाI अनि कतिपयले घरमै वेब सिरिज हेरेर रमाईलो समय बिताउने सोच्दै हुनुहुन्छ होला वा केही नयाँ परिकार बनाएर खाने, त्यस्तै नयाँ कुराको थालनी गर्ने आदि जस्ता योजना बनाउँदै हुनुहुन्छ होलाI मलाई त गर्मी महिना भने पछि नेपालको जनैपूर्णिमा र गाईजात्रामा क्वाटी र रोटिको खाएको याद आउँछI गर्मीको बेला गेडागुडीको टुसा राम्ररी आउने भएकोले, यहाँ जापानमा पनि म, क्वाटी र रोटि पकाएर खाने गर्छुI क्वाटी स्वादिलो मात्र नभई गर्मीमा थकित शरीरमा उर्जा ल्याउनुका साथै स्वास्थ्यमा धेरै फाईदा गर्दछI यो वर्ष पनि क्वाटी मज्जाले खाने र जापानी साथीहरुलाई पनि खुवाउने विचार छ I तपाईंहरु पनि खाने होइन त क्वाटी!
【घुमघामको जानकारी】
आज, मैले रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।
तपाईंहरुले कहिल्यै "फुकुओका ओपन टप बस" चड्नु भएको छ?
यो बस, फुकुओका शहरको पर्यटकिय स्थलहरू, तेन्जिन क्षेत्र, हाकाता क्षेत्र र समुद्री किनारको क्षेत्र आदिको वरिपरि घुमाउने भ्रमण बस हो। सुविधाजनक यो बस, साधारण बस भन्दा भिन्न भई, छत बिनाको डबल डेकर बस हो। जमिन माथि करीव ३.२ मिटर बाट देखिने शहरको दृश्य सामान्य भन्दा फरक देखिन्छ, र यो उत्साहजनक हुन्छ! यसमा तीन किसिमको कोर्सहरू छन्, तपाईं आफूलाई मनपर्ने कोर्समा एक घण्टाको लागि चढेर, फुकुओका शहरको अवलोकन गर्न सक्नुहुन्छ। साथै बसमा उद्घोषकले जानकारी पनि प्रदान गर्दछ।
टिकट शुल्क, वयस्कहरूको लागि १,५७० येन र बच्चाहरूको लागि ७९० येन हो।
इच्छुक महानुभावहरुले कृपया आधिकारिक वेबसाइट हेर्नुहोस्।
वेबसाइट रहेको छ, fukuokaopentopbus.jp
नयाँ कोरोनाभाइरस विरुद्धको सावधानीका रूपमा, चालक दल र बस उद्घोषकहरूले मास्क लगाउने र गाडीलाई विसंक्रमण गर्ने जस्ता वातावरणीय सरसफाइलाई उचित ध्यान दिएर दुक्क र सुरक्षित सेवाहरू प्रदान गरिरहेको छI
यो बस चढ्दा, सबै जनाले मास्क लगाउने र खोक्दा शिष्टाचार का साथ गर्ने गरौं!
【नयाँ कोरोना भाईरस सम्पर्क पत्ता लगाउने app को बारेमा】
जापानले कोरोना भाईरस सम्पर्क पत्ता लगाउने app बनाएको छ। यदि तपाईं भाईरस संक्रमित व्यक्तिको सम्पर्कमा आउनु भयो भने, app मार्फत तपाईंलाई सूचित गराईनेछ। जति धेरैले यो app को प्रयोग गर्नुहुन्छ, त्यति नै संक्रमणलाई रोक्ने सम्भावना बढी हुन्छ। त्यसैले, आफू र आफ्नो नजिकका मानिसहरुको सुरक्षाका लागि, कृपया आफ्नो मोबाइलमा यो app राख्नु होला।